काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुन लागेको चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई अनुरोध गरेका छन् ।
नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार छिट्टै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारीमा रहेको बताए ।
हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भुमिका निर्वा गरेको उल्लेख गर्दै उनले कोरोनाकालमा नेपालको सञ्चार क्षेत्रले निभाएको भुमिकाको प्रशंसा गरे ।
हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा देशभरबाट एक हजार छ सय ४० प्रतिनिधि सहभागी छन् ।
Leave a Reply