Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • प्रदेश १ काे नामकरण टुंगो लगाउन सभामुखले बोलाए सर्वदलीय बैठक

    प्रदेश १ काे नामकरण टुंगो लगाउन सभामुखले बोलाए सर्वदलीय बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 858
    SHARES

    विराटनगर । प्रदेश १ नामकरणको टुंगो लगाउने विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरु सम्मिलित बैठक बस्ने भएको छ ।

    प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा बैठक बस्न लागेको हो । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।



    आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ ।



    नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।

    सर्वदलीय बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार