Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मैत्रीपूर्ण खेलमा लिभरपुलद्धारा लाइपजिग ५ गोलले पराजित

    मैत्रीपूर्ण खेलमा लिभरपुलद्धारा लाइपजिग ५ गोलले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 981
    SHARES

    फाइल तस्विर

    एजेन्सी । मैत्रीपूर्ण खेलमा लिभरपुलले जर्मन क्बल आरबी लाइपजिगलाई ५ गोलले हराएको छ ।

    रेडबुल एरिनामा गएराति भएको खेलमा लिभरपुलले लाइपजिगलाई ५–० गोलले हरायो ।



    उसको जितमा भर्खरै बेन्फिकाबाट लिभरपुलसँग सम्झौता गरेका डार्विन नुनेजले ४ गोल गरे । यस्तै मोहम्मद सलाहले १ गोल गरे ।



    लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले नुनेजको प्रदर्शनबाट आफू निकै उत्साहित भएको बताएका छन् ।

    प्रिमियर लिग सुरु हुनुअघि मैत्रीपूर्ण खेलको यात्रामा रहेको लिभरपुलले यसै हप्ता म्यानचेस्टर सिटी र साल्जवर्गसँग खेल्दैछ।

    यसपछि लिभरपुल र म्यानचेस्टर सिटीबीच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार