Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा चुनावमा ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने डा. पाण्डेको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने अरनिको पाण्डेले घोषणा गरेका छन् । पाण्डेले आज बिहीवार सामाजिक सञ्जालमार्फत आफूले ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

जलवायु परिवर्तन, वातावरण र दिगो विकास जस्ता क्षेत्रमा देश–विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्ने पाण्डेले उल्लेख गरेका छन् । आफ्नो उम्मेदवारीबारे उनले ६ बुँदा पनि सार्वजनिक गरेका छन् ।

त्यसमा जलवायु परिवर्तनले नेपालमा ल्याउने विनाश र दुःखबारे चिन्तित् भएर र नेपालले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनु पर्ने र नेतृत्व लिनुपर्ने देखेर र स्वच्छ वातावरणमा जिउन पाउने संवैधानिक हक सुरक्षित गर्न वैज्ञानिक दक्षता र नीतिगत अनुभव भएकोले उम्मेदवारी दिन लागेको बताएका छन् ।

डाक्टर पाण्डेले विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम लगायतका दातृ निकायमा उहाँले विज्ञ र सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077