Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले नोर्ड स्ट्रिम–१ पाइप लाइनबाट युरोपलाई ग्यास दिन थाल्यो

एजेन्सी । रुसले बन्द गरेको १० दिनपछि मुख्य पाइप लाइनबाट युरोपमा ग्यास निर्यातलाई निरन्तरता दिएको छ । मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात १० दिनदेखि रोकेको थियो ।

गाजप्रोमले आज बिहीवार युरोपमा ग्यास निर्यात सुरु गरेको बताइएको छ । तर पाइप लाइनको क्षमताको ४० प्रतिशत ग्यास मात्रै रुसले युरोपमा पठाइरहेको खबरमा उल्लेख छ । रुसले मर्मतका लागि नोर्ड स्ट्रिम १ मार्फत ग्यास निर्यात रोकेपछि युरोपेली देशले रुसलाई इन्धनमा राजनीति गरेको आरोप लगाउँदै रुसको ग्यास प्रयोगमा सात महिनाभित्रमा १५ प्रतिशतले कम गर्ने चेतावनी दिएका थिए ।

गएको वर्ष रुसले युरोपमा माग हुने ग्यासको ४० प्रतिशत हिस्सा ओगटेको थियो । तर गएको फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको विरोधमा युरोपेली देशले रुसी ग्यासमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077