काठमाडौं । चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मारेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो ।
सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबस, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको प्रहरीले जनाएको छ ।
Leave a Reply