Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ।

ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीवार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो। दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए।

एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरि शुरु भएको थियो।

पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो। यसअघि गत सोमबारका लागि तय भएको सो बैठक अध्यक्ष पंकजबिक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077