काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारमा नियुक्ति पाएका कर्मचारीहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न आग्रह गरेका हो।
महासंघले स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि नियमानुसार स्वीकृत दरवन्दीमा करारमा नियुक्ति पाएका
अनुभवी जनशक्तिहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्रित हुन सबै गाउँपालिकाहररुलाई अनुरोध गरेको छ ।
Leave a Reply