Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • महाकालीमा पानीको बहाव बढेपछि आवतजावत बन्द

    महाकालीमा पानीको बहाव बढेपछि आवतजावत बन्द

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    कैलाली । महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द गरिएको छ । अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ।



    पानीको बहाव बढेपछि पुलबाट गाडीले आवातजावत गर्दा जोखिम हुने भन्दै बन्द गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।



    अहिले पनि निरन्तर वर्षा भइरहेकाले पानीको बहाव लगातार बढिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार