Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने’दयगत हालसम्म कुनै पनि निर्णय नपठाएको प्रस्ट पारेको छ ।

सरकारले आफ्नै एक महिनाअघिको प्रतिबद्धताअनुरूप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो ।

परराष्ट्र मन्त्रालय प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताइन् । उनका अनुसार ‘सरकारको निर्णय कार्यान्वयन कसरी गर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ ।

‘हामी अझै अध्ययन गरिरहेका छौं, सरोकारवालासँग छलफल गरिरहेका छौं, यसअघि पनि सहयोग आइरहेको छ । विपद् सहयोग, पूर्वाधारलगायत विषय छन्,’ परराष्ट्र मन्त्रालय प्रवक्ता लम्सालले भनिन्, ‘आइरहेका सहयोग नरोकिऊन् भन्ने हाम्रो कन्सर्न हो । त्यसअनुसार सरकारको निर्णय कार्यान्वयनका लागि छलफलमा छौं ।’

सरकारले एक महिनाअघि गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत ‘कूटनीतिक च्यानल’बाट पठाउनुपर्ने थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण ‘अहिले पत्र नपठाउन’ दबाब दिएको परराष्ट्रका एक अधिकारीले राजधानीसँग खुलासा गरे । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077