Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघ र प्रदेशमा बहुमत ल्याउने काँग्रेसको लक्ष्य हो : उपसभापति खड्का

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् ।

नेपाली काँग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।

उनले काँग्रेसको बहुमतको लागि कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदाताहरूलाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन जरुरी रहेको बताए ।

खड्काले १२ बुँदे शान्ति सम्झौता पूरा गर्नका लागि काँग्रेसले माओवादी केन्द्रलाई साथमा लिएर सरकारको नेतृत्व गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077