Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली राहदानी विश्वकै कमजोर सूचीमा

काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ ।

हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ ।
पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको मुलुक हो । नेपाल रहेको १०६ औं स्थानमा प्यालेस्टाइन पनि छ ।

नेपालको पासपोर्टले ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने रिपोर्टमा उल्लेख छ ।नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।

विश्वभरिका देशहरुको पासपोर्टको तुलना गरेर सार्वजनिक गरिएको रिपोर्टमा पुच्छरमा अफगानिस्तान रहेको छ ।

सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको छ । जसले १९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077