Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एमाले सांसद धामीको व्यंग्य – ३१ वर्षदेखि देउवालाई भोट हालेर सुदूर पश्चिमका जनताले थारो भैसी पाले

    एमाले सांसद धामीको व्यंग्य – ३१ वर्षदेखि देउवालाई भोट हालेर सुदूर पश्चिमका जनताले थारो भैसी पाले

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 843
    SHARES

    काठमाडौं । कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै भूमिका नखेलेको आरोप लागेको छ । एमाले सांसद नरबहादुर धामीले प्रधानमन्त्री देउवाविरुद्ध प्रतिनिधिसभाको बैठकमा आक्रोश पोखेका हुन् ।

    गेटामा २७ वटा अत्याधुनिक भौतिक पूर्वाधार सहितका भवन निर्माण भइसकेको तरपनि सरकारले त्यहाँका जनताका आवाज नसुनेको उनले बताए ।



    गेटा सुदूर पश्चिममा परेका कारण पनि त्यहाँ विश्वविद्यालय नबनाइएको उनको आरोप थियो । धामीले राणा शासनदेखि अहिलेको सरकार समेतले सुदूर पश्चिमलाई विभेद गरेको बताए ।



    सांसद धामीले भने–’सुदूर पश्चिमका जनतामा दुरगामी प्रभाव हुने युगान्तकारी, अविस्मरणीय काम के–के गर्नुभयो ? शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा सुदूर पश्चिमका लागि तपाईले गरेका चिरस्थायी काम के के हुन् ? सुदूर पश्चिमका जनता जान्न चाहन्छन् कुनै जवाफ छ ? थारो भैसी पालेझैँ ३१ वर्षदेखि तपाईलाई भोट दिएर जनताले बालुवामा पानी हालेका हुन् ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार