Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी सांसद महतको व्यंग्य - कुखुराको चल्ला हराउँदा त खोजिन्छ, एम अधिकारीलाई किन नखोजेको

काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी फेला नपर्दा पनि सरकार र प्रतिपक्षी दल कसैले खोजी नगरेको भन्दै एक सांसदले आपत्ति जनाएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी पत्ता लगाउन माग गरेका हुन् ।

महतले भने-‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघरमा । सबभन्दा ठूलो पार्टीको विभागको केन्द्रीय सदस्य हराउँदा उहाँको खोजी न सरकार गर्छ, न प्रतिपक्षले गर्छ ।'

जुम्लाका सांसद महतले सरकारले खोजी नगरे त्यो व्यक्तिको खोजी गर्नु सम्बन्धित थरका मान्छेको दायित्व हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077