Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयकमा ५४ सांसदद्धारा संशोधन प्रस्ताव दर्ता

    नागरिकता विधेयकमा ५४ सांसदद्धारा संशोधन प्रस्ताव दर्ता

    अनलाइन नेपाल
  • बुधबार, ४ साउन २०७९
  • 894
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयकमा ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

    यसअघि संसदमा पेश भएको नागरिकता विद्येयक फिर्ता लिएर पुनः सरकारले नयाँ विद्येयक पेश गरेपछि ५४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।



    संघीय संसद सचिवालयका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ५४ सांसदले ३१ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।



    यसरी संशोधन दर्ता गराउने अधिकांश सांसदले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले नेपालमा बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्रमाणपत्र दिनुपर्ने प्रावधान राख्नुपर्ने उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार