एजेन्सी । इरान पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानमा आफ्ना इरानी र टर्की समकक्षीसँग भेटवार्ता गरेका छन् । पुटिनले इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेटवार्ता गरेका हुन् ।
साथै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसँग पनि भेट भएको छ । रुसी राष्ट्रपतिसँगको भेटपछि बोल्दै इरानका सर्वोच्च नेता खामेनीले तेहरान र मस्कोले आफ्नो सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
यो भेटमा रुस–युक्रेनबीच भएको युद्धका लागि पश्चिमा देश दोषी रहेको टिप्पणी गरिएको छ । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गरेपछि पुटिनको यो दोस्रो विदेश भ्रमण हो ।
पुटिन तेहरान अवतरण भएपछि स्वागत समारोहमा सहभागी भएका थिए । इरानको राष्ट्रिय तेल कम्पनीले रुसको सरकारी ग्यास कम्पनी गाजप्रोमसँग ४० अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।
Leave a Reply