Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए

काठमाडौं । जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी छानबिनमा तानिएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले मंगलबार सर्वोच्च अदालत काजमा तानेका हुन् ।

न्याय परिषदले उनलाई सर्वोच्च तानेर छानबिन थालेको हो । उनीविरुद्ध न्याय परिषदमा उजुरी परेको थियो । सोही आधारमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च तानेर मुद्दाको सुनुवाइबाट अलग गराएका हुन् ।

परिषद्ले छानबिन गरेर उनीमाथि थप कारबाहीको निर्णय लिनेछ। यसअघि पनि काठमाडौंका तीन सहित केही न्यायाधीशमाथि छानबिन भइरहेको छ।

न्याय परिषदले बितेका १० दिनमा ५ जना न्यायाधीशलाई बर्खास्त गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायमा मोलाहिजा गर्ने र फैसलामा कैफियत देखिएका न्यायाधीशमाथि कारवाही तीब्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077