Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहरी विकासमन्त्री मेटमणि चौधरीलाई गगन थापाले दिए तीन सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेर विभिन्न तीनवटा सुझाव दिएका छन् ।

मंगलबार उनले मन्त्री चौधरीले भेटेर काठमाडौंको फुटपाथ व्यवस्थापन, फोहोर व्यवस्थापन र डुबानबारे सुझाव दिएका हुन् ।

उनले आफूले मन्त्री चौधरीसँग काठमाडौं उपत्यकाभित्रका सडकलाई पैदलयात्रीमैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनःस्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्नेबारे छलफल गरेको बताएका छन् ।

मन्त्री चौधरीले सुझावलाई सकारात्मक रूपमा लिई कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्तसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077