Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मङ्गलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृद्धि, देश बनाउने सपना जागृत गर्ने विषयहरूमा सरकार नालायक सावित भएको दाबी गरेका हुन् ।

उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावको सवालमा सरकार चुकेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने समेत जनाए । ‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन,’ उनले भने ।

स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077