Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा समाजवादी केन्द्र गठन, प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा सत्तारुढ गठनबन्धन र समसामयिक विषयमा छलफल भएको डा। भट्टराईको सचिवालयले जनाएको छ ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । भट्टराईले आफू जसपाबाट अलग भए पनि सत्तारुढ गठबन्धनमै रहेको बताएका छन् ।

मंगलबार नै प्रचण्ड र बाबुरामसँगै नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ । उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि सहभागी हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077