Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईओसीको उधारो तिर्दै आयल निगम, बुझायो साढे १० अर्ब भारू

काठमाडौं । घाटामा तेल बेचिरहेको नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)लाई १० अर्ब ५० करोड भारू (१६ अर्ब ८० करोड) रुपैयाँ बुझाएको छ ।

निगमले लामो समयदेखि आईओसीसँग उधारोमा तेल किनिरहेको थियो । जसबापत, आईओसीलाई तिनुपर्ने रकम ३१ अर्ब २० करोड रुपैयाँ पुगेका थियो ।

जसमध्ये, १६ अर्ब ८० करोड रुपैयाँ बुझाउन लागिएको निगमले जनाएको छ । आईओसीलाई बुझाउन लागिएकोमध्ये १० अर्ब रुपैयाँ ऋणबाट सङ्कलन गरिएको हो ।

नेपाल सरकारले ७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण, २ अर्ब ७५ करोड अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता र पूर्वाधार विकास करबापतको ५९ करोड ८६ लाख रुपैयाँ निगमलाई दिएको छ । यसैगरी, वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ ऋण दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077