रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ ।
वडाध्यक्षलाई धकेलेर पौडीपोखरीमा फाल्ने डीएसपीलाई कारबाही गर्ने र विवादास्पद भूमिकाको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृतलाई फेर्ने कांग्रेस एमालेको सहमतिपछि रोकिएको नगरसभा सुचारु भएको हो ।
आइतबार नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा बैठक स्थगन गरेका थिए ।
एमालेका जनप्रतिनिधिले आफूहरू उपस्थित भए पनि हाजिर गर्न नदिएर बैठक स्थगन गरिएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
Leave a Reply