Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायता’को नाममा ३० करोडभन्दा बढी बाँडेको खुलासा

    ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायता’को नाममा ३० करोडभन्दा बढी बाँडेको खुलासा

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ ।

    महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ५९ औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको तीन वर्षमा आर्थिक सहायता शिर्षकमा कूल ३० करोड १० लाख २९ हजार रुपैयाँ वितरण गरेको उल्लेख गरेको हो ।



    उक्त समयमा सरकारको नेतृत्व ओलीले गरेका थिए । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५र७६ मा १३ करोड ४ लाख ९५ हजार रुपैयाँ, २०७६/७७ मा ९ करोड ११ लाख ६७ हजार रुपैयाँ र २०७७/७८ मा ७ करोड ९३ लाख ६७ हजार रुपैयाँ आर्थिक सहायता शिर्षकमा वितरण भएको छ ।



    नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०६८ को बुँदा १२ अनुसार राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिलाई औषधोपचार तथा आर्थिक सहायता तोकिएको दरमा उपलब्ध गराउने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार