Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विद्युतीय चुल्होका लागि नेपाललाई जीसीएफको साढे दुई अर्ब अनुदान

    विद्युतीय चुल्होका लागि नेपाललाई जीसीएफको साढे दुई अर्ब अनुदान

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्र संघअन्तर्गतको ग्रिन क्लाइमेट फन्ड (जीसीएफ)ले दुई करोड ११ लाख २० हजार डलर (करिब दुई अर्ब ५५ करोड रुपैयाँ) को अनुदान दिने भएको छ ।

    विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई उक्त अनुदान सहयोग जीसीएफले दिन लागेको हो ।



    यसका लागि दुई निकायबीच सम्झौता भइसकेको केन्द्रले जनाएको छ । विशेष गरी नेपालको तराई क्षेत्रमा विद्युतीय चुल्होको प्रवर्द्धन गर्न सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष नै स्वीकृत भई भएको यो प्रस्तावअनुसारको कार्यक्रम अब कार्यान्वयनमा जानेछ ।



    करिब १० लाख घरधुरीलाई विद्युतीय चुल्हो दिने कार्यक्रम अन्तरगत पहिलो चरणका लागि सम्झौता भएको हो । पहिलो चरणमा करिब ५ लाख घरधुरीले विद्युतीय चुल्हो पाउने छन् । यस अन्तरगत १० हजार बायोग्यास प्लान्ट जडान गर्ने योजना पनि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार