Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • न्यायाधीश घुस प्रकरण : अधिवक्ता पोखरेललाई सूचना जारी गरेर सोधियो स्पष्टीकरण

    न्यायाधीश घुस प्रकरण : अधिवक्ता पोखरेललाई सूचना जारी गरेर सोधियो स्पष्टीकरण

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरण सोधेको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता पोखरेललाई परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण मागेको हो ।



    स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ ।



    पोखरेलले न्यायाधीश कोइरालालाई घुस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानविन गरिरहेको छ । सिभिल सहकारीका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ विरुद्ध चलिरहेको मुद्दामा आरोपित तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई घुसको प्रस्ताव गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार