Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ईश्वर पोखरेल भन्छन् – संघ र प्रदेशको निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ

विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आम निर्वाचनमा पार्टी एक्लै लड्ने बताएका छन्।

प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले गरेको पत्रकार सम्मेलनमा पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका हुन् ।

तर आवश्यकताअनुसार कुनै पनि दलसँग तालमेल हुनसक्ने उनले बताए। पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको धारणा राखे। नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए।

प्रदेश १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको भन्दै उनले यसका लागि साझा सहमति बनाउनुपर्ने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077