Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस, इरान र टर्कीबीच त्रिपक्षीय भेटवार्ता हुँदै

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका समकक्षी इब्राहिम राइसीबीच मंगलबार तेहरानमा भेटवार्ता हुँदैछ ।

सो भेटमा टर्कीका राष्ट्रपति रेसेप तेय्यीप एर्डोगान पनि सहभागी हुनेछन् । त्रिपक्षीय हुने भनिएको यो छलफल सिरियामा जारी द्वन्द्वमा केन्द्रित हुने भनिए पनि युक्रेन युद्धको बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ ।

दुई देशका नेता र प्रतिनिधिमण्डलबीच दुई पक्षीय वार्ता पनि हुनेछ जसमा इरानको २०१५ को परमाणु सम्झौताजस्ता विषय छलफलको केन्द्र हुने बताइएको छ । सिरियाको विषयमा तीन देशबीच विवाद चर्किरहेको बेला यो सम्मेलन हुन लागेको हो ।

यसमा टर्की एक पक्षमा रहेको छ भने रुस र इरान अर्को पक्षमा रहेका छन् । सिरियाका राष्ट्रपति बसर अल असादको समर्थक रहेका रुस र इरान भने यसको विपक्षमा रहेका छन् । अमेरिका पनि टर्कीको योजनाको विपक्षमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077