Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डोटी आसपास भारी वर्षा, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । सुदूरपश्चिमका केही जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर र डोटी आसपास भारी वर्षा मापन गरिएको हो ।

थप वर्षा हुने देखिएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

'पछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर, डोटी र आसपास धेरै स्थानमा भारी वर्षा मापन भएको र थप हुने देखिएको, उक्त जिल्ला भई बहने साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने, साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ,' महाशाखाले सूचना जारी गर्दै भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077