Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • यी तीनवटा स्थानीय तहमा शून्य बेरुजु

    यी तीनवटा स्थानीय तहमा शून्य बेरुजु

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् ।

    तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।



    ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे । शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने ।



    कर्मचारी र जनप्रतिनिधिको कुशल समन्वयका कारण बेरुजु शून्यमा झार्न सफल भएको उनले बताए । प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ ।

    महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार