Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरी अधिकृतहरुलाई फ्रेन्च भाषा प्रशिक्षण सुरु

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालय हलचोक स्वयम्भुमा साउन २ गतेदेखि सशस्त्र प्रहरी अधिकृतहरुलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा सञ्चालन गरिएको छ। प्रशिक्षण कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक समारोहबीच उद्घाटन गरे।

त्यसअसरमा पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्व दिनानुदिन बढ्दै गईरहेको चर्चा गर्दै संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा तैनाथीका लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्यअनुरुप प्रशिक्षण कक्षा सञ्चालन गरिएको बताए।

उनले भविष्यमा विभिन्न मिसनमा खटिँदा भाषासम्बन्धमा कुनै कठिनाइ नआओस् र विभिन्न मिसन ईलाकामा खटिनुपूर्व फ्रेन्च भाषामा लिईने परीक्षामा समेत धेरैभन्दा धेरै उत्तीर्ण भई सशस्त्र प्रहरीको सहभागिता बढ्ने विश्वासका साथ भाषा प्रशिक्षण सुरु गरिएको बताए।

त्यसअवसरमा एलायन्स फ्रँसेका डेपुटी डाईरेक्टर प्रविण राणाले फ्रेन्च भाषाको महत्व तथा आवश्यकतामाथि प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा सुरु गरिएको बताए।

भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षकसहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरुको सहभागीता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077