Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • निजगढ विमानस्थल निर्माण सम्बन्धमा विज्ञ टोली बनाउने सरकारको तयारी

    निजगढ विमानस्थल निर्माण सम्बन्धमा विज्ञ टोली बनाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा विज्ञ टोली गठन गर्ने भएको छ ।

    आज सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।



    प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिसअनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लौजाने तयारी गरेको जानकारी दिए ।



    उनले देशको ुगेम चेन्जरु आयोजनाको रूपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताए ।

    मन्त्री श्रेष्ठले विज्ञ टोलीबाट आएको प्रतिवेदनअनुसार नै अगाडि बढ्ने स्पष्ट पार्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताए । प्रधानमन्त्रीसहित स्थानीय निकायका पदाधिकारीसँगै गरिएको स्थलगत निरीक्षणको क्रममा अहिले प्रस्तावित ठाउँमै विमानस्थल निर्माण गर्न उपयुक्त हुने देखिएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार