काठमाडौं । असार सकिँदा पनि मनसुन सक्रिय नहुँदा यस वर्ष कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार ३२ गतेसम्म करिब ६८ प्रतिशत धान रोपाइँ धान रोपाइँ भएको हो ।
गएको वर्षको असार ३१ गतेसम्म धान ७६ प्रतिशत धान रोपाइँ भएको थियो । जुन यस वर्षको तुलनामा ८ प्रतिशतले कमी भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको हो । गएको वर्षको तुलनामा झन्डै आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । विशेषगरी प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो ।
मनसुन सुरु हुनासाथ यही साउन दोस्रो हप्तासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ ।
Leave a Reply