Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी बन्न नसकेपछि एआईजी पोखरेलले दिए पदबाट राजिनामा

काठमाडौं । सर्वोच्च अदालतबाट मुद्धा हारेपछि अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा रहेको मानव संशाधन विभागमा हाजिर भएर एआईजी पोखरेलले मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर धीरजप्रताप सिंहलाई महानिरीक्षक (आइजीपी) मा बढुवा गरेको भन्दै वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए । तर उनको मुद्धा खारेज भएको थियो ।

रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077