काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको आरोप लगाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् ।
नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पारे । नेपाल कुनैपनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए ।
उनले देशको भू-राजनीतिक अवस्था अनुसार छिमेकी देशहरुसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभइ पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताए ।
Leave a Reply