Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न ढिलाइ भएको सभामुख सापकोटाको भनाई

    मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न ढिलाइ भएको सभामुख सापकोटाको भनाई

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 990
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको र ढिलाइ भएको बताएका छन् ।

    सोमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले संसद्‍ विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको बताएका हुन् ।



    संसद्‍का गतिविधिलाई लिएर सभामुख सापकोटाले गरेको पत्रकार सम्मेलनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेको बताए ।



    ‘यो बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,’ उनले भने, ‘मेरो योग्यताको परख गर्ने वातावरण बनेको थिएन ।’सभामुख सापकोटाले नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेको पनि बताए ।

    यसबीचमा मन्त्री हेरफेर हुँदा पनि विधेयक पारित हुन नसकेको सभामुख सापकोटाको भनाइ थियो । ‘यसबीचमा मन्त्री हेरफेरले १-२ विधेयक पास भइसक्थे तर हुन सकेन,’ उनले भने । सत्ता गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादीले आ-आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्री हेरफेर गरेको थियो । जसका कारण सदनमा सम्बन्धित मन्त्रामन्त्रालयबाट सदनमा पुगेका विधेयक अगाडि बढ्न सकेका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार