Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रचण्ड, खाँण र शर्माबीच नागरिकता विधेयकका विषयमा छलफल

    प्रचण्ड, खाँण र शर्माबीच नागरिकता विधेयकका विषयमा छलफल

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 840
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बालकृष्ण खाँण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालासँग छलफल गरेका छन्।

    नागरिकता विधेयकबारे गृहमन्त्री खाँण र कानुन मन्त्री शर्माले नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।



    सरकारले संघीय संसद्मा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकहरूबारे नेताहरूबीच कुराकानी भएको जनाइएको छ ।



    सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक असार २५ गते शुक्रबार संघीय संसद् सचिवालयमा दर्ता गराएको थियो।

    त्यसैदिन सरकारले २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिएको थियो। त्यो विधेयक संसद्मा पेस भएर संशोधनको प्रक्रियाका लागि अनुमति पाइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार