Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगमले भन्यो - भारतबाट मूल्य घटेर आएपनि हाललाई बिक्री मूल्य घट्दैन

काठमाडौ. । नेपाल आयल निगमले हाल लाई पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई नयाँ मूल्यसूची पठाएको छ।

निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ। तर यता निगमले भने एक विज्ञप्ति जारी गर्दै आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी नै रहेकाले हाललाई पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । भारतबाट मूल्य घटेर आएपनि निगमले भने हाललाई बिक्री मूल्य नघटाउने जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै निगमले हाललाई मूल्य घटाउन नसकिने जनाएको छ। निगमलाई अझै पनि महिनाको ४ अर्ब ३२ करोड नोक्सानीमा रहेकोले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077