Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • विश्व कप क्रिकेट लिग–२ : नेपालले दियो स्कटल्यान्डलाई १२९ रनको लक्ष्य

    विश्व कप क्रिकेट लिग–२ : नेपालले दियो स्कटल्यान्डलाई १२९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी पुरुष विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली स्कटल्यान्डलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ । ताइतवड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १२८ रन बनायो ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले १०/१०, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले सातरसात तथा कुशल भुर्तेलले तीन रन बनाए । आरिफ शेखले खाता पनि खोल्न सकेनन् ।



    स्कटल्यान्डका हम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेइनले दुई र क्रिस्टोफर म्याकब्राइटले एक विकेट लिए ।यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।



    तर नेपाल नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार