काठमाडौं । असार ३१ गते शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ।
सरकारले १० वस्तुको पैठारीमा लगाइएको बन्देजलाई भदौं १४ गते सम्म निरन्तरता दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णयबारे आइतबार जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयातमा गरिएको कडाइलाई निरन्तरता दिइएको बताए।
यस्तै, सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा मृत्यु भएका दुईजनाको परिवारलाई राहतस्वरूप क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णयहरू
