एजेन्सी । युद्धग्रस्त युक्रेनबाट त्यहाँका ५ हजार बालबालिकासहित झण्डै ३० हजार मानिसलाई रुसमा लगिएको छ ।
रुसी राष्ट्रिय सुरक्षा नियन्त्रण केन्द्रका अनुसार युक्रेनका अधिकारीहरूको संलग्नताबिना नै उनीहरूलाई रुसमा स्थानान्तरण गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २८ हजार ४ सय २४ युक्रेनी नागरिकलाई रुसले लगेको हो ।
डनबस क्षेत्रसहित युक्रेनका जोखिमपूर्ण क्षेत्रबाट ती मानिसलाई रुसमा सारिएको बताइएको छ । युक्रेनका अधिकारीहरूले भने रुसले ती नागरिकलाई बलपूर्वक लगेको जनाएका छन् ।
यस्तै युक्रेनका सहयोगी अन्य पश्चिमा देशहरूले पनि रुसको यस्तो कदमको विरोध गरेका छन् । यससँगै रुसले युक्रेनमा अर्को तहको आक्रमणको तयारी गरेको बताइएको छ ।
Leave a Reply