Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छोराको लाठी प्रहारबाट आमाको मृत्यु

रुपन्देही । छोराको लाठी प्रहारबाट अर्घाखाँचीको शितगंगा नगरपालिका वडानम्बर ४ चाक्लाकी कमला कार्कीको मृत्यु भएको छ ।

२६ वर्षीय छोरा हेमन्त कार्कीको लाठी प्रहारबाट घाइते भएकी ५२ वर्षीया कमलाको उपचारको क्रममा मृत्यु भएको हो ।

घरयासी विवादमा छोरोले लाठीले टाउकोमा प्रहार गर्दा कमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

असार ७ गते घरमा सामान्य विवाद हुँदा हेमन्तले लाठीले टाउकोमा हानेपछि घाइते कमलालई बुटवलमा उपचार गरी थप उपचारको लागि काठमाडौ रिफर गरिएको थियो । उपचारकै क्रममा उनको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077