Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेट्रोलको मूल्य नघटाउन वाहाना बनाउँदै आयल निगम

काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थ र इन्धनको पछिल्लो मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ ।

निगमलाई आएको पछिल्लो सूचीमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएपछि इन्धनको मुल्य घट्ने वा नघट्ने भन्नेबारे स्पष्ट भएको छैन् ।

आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले नेपालमा तत्काल तेलको मूल्य घट्न नसक्ने निगमले जनाएको छ ।

भारतबाट मूल्य बढेर आएकै दिन हतार-हतार मूल्य वृद्धि गर्ने आयल निगमले अहिले भने घाटाको बाहानामा मूल्य नघटाउने संकेत गरेको छ । यसअघि भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि पेट्रोलको भाउ बढ्ने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077