Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एकदिवसीय सिरिजमा वेस्ट इन्डिजविरुद्ध बंगलादेशको क्लिन स्विप

    एकदिवसीय सिरिजमा वेस्ट इन्डिजविरुद्ध बंगलादेशको क्लिन स्विप

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 933
    SHARES

    एजेन्सी । वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा बंगलादेशले क्लिन स्विप गरेको छ । घरेलु टोलीविरुद्ध सिरिजको अन्तिम खेलमा ४ विकेटले हराउँदै बंगलादेशले तीन खेलको सिरिज क्लीन स्विप गरेको हो ।

    गुयनामा शनिबार राति वेस्ट इन्डिजले दिएको १७९ लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका लागि लिन्टन दासले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै तमिम इकवालले ३४ बनाउँदा नुरुल हुसेन ३२ रनमा अविजित रहे । वेस्ट इन्डिजका गुडाकेश मोटीले चार विकेट लिए ।



    त्यस्तै अल्जारी जोसेफ र निकोलस पुरनले समान एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४८ ओभर ४ बलमा अलआउट हुँदै १७८ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान निकोलस पुरनले ७३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै किएकी कार्टीले ३३ तथा रोमारियो शेफर्डले १९ रन बनाए ।



    बंगलादेशका तैजुल इस्लामले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै नासुल अहमद र मुस्ताफिजुर रहमानले समान दुई÷दुई विकेट लिए । बंगलादेशले पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो । यसपछि बंगलादेशले जिम्बावेसँग टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार