Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्धारा युक्रेनको निकोपोल सहरमा मिसाइल आक्रमण, ३७ जनाको मृत्यु

एजेन्सी । युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा परि कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भइरहेका छन् ।

रुसको लामो दूरीको क्रुज मिसाइल आक्रमणले मध्य सहर डिनिप्रोमा रहेको अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ । रुसको निशानामा आवासीय भवन तथा महत्त्वपूर्ण क्षेत्रहरू परेका छन् ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । झन्डै ६ महिना लामो युद्धका कारण रुस तथा युक्रेनका हजारौँ सेना र नागरिकले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077