Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्रीप्रति देउवाको गुनासो - 'फोन उठाउने गर्नुस्, मलाई धेरै नखेद्नोस्'

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै नखेद्न आग्रह गरेका हुन् ।

उनले पार्टीलाई बलियो बनाएरै छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस्तै देउवाले पार्टीका पदाधिकारीहरूको फोन नउठ्ने गरेको भन्दै गुनासो पनि गरे । पार्टीभित्र एकलौटी गरेको भन्ने आरोपको उनले बचाउ गर्ने कोसिस गरे ।

‘मैले तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधेको हो । त्यसपछि तपाईंहरूको फोन उठेन, फोन उठाउने गर्नुस्,’ देउवाले भनेका थिए । महामन्त्री गगन थापाले किसान संघ र जनजाति संघ गठन गर्दा विज्ञप्तिमार्फत थाहा पाएको भनेपछि देउवाले यस्तो जवाफ फर्काएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077