Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्तमान सरकार केही महत्वपूर्ण विषयमा असफल भयो : महामन्त्री विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले केही विषयमा सफल भएपनि केही महत्वपूर्ण विषयमा सरकार असफल भएको बताएका हुन् ।

उनले वर्तमान सरकार कोरोना भाइरसविरुद्धको खोप अभियान, एमसीसी तथा स्थानीय चुनावलगायतका विषयमा सफल भएको बताए ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीत गरेको तर त्यसलाई यो सरकारले एक वर्ष बित्दासमेत सुधार नगरिएको भन्दै महामन्त्री शर्माले सरकारको आलोचना गरे ।

त्यसैगरी, सुशासनको विषयमा सरकार खरो उत्रन नसकेको तथा संघ र प्रदेशबीच पर्याप्त समन्वय हुन नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077