Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अझै पनि भित्तामा पुर्‍याउने नियत हो भने हामी पनि चुप लागेर बस्दैनौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले अझै बेवास्ता गरे चुप लागेर नबस्ने चेतावनी दिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले यस्तो चेतावनी दिएका हुन् ।

सभापति देउवाले विधानबमोजिमका काममा नै आफूहरूलाई थाहा नदिने र सल्लाह लिएर काम गर्ने नगरेको भन्दै महामन्त्री थापाले चर्को आलोचना गरे ।

‘महाधिवेशनले तपाईँलाई सभापति चुनेको हो, हामीलाई पनि महाधिवेशनले निर्वाचित गरेको हो,’ थापालाई उदृत गर्दै एक नेताले भने, ‘अझै पनि भित्तामा पुर्‍याउने, घेराबन्दी गर्ने भन्ने नियत हो भने हामी पनि निर्वाचित महामन्त्री हौं, चुप लागेर बस्दैनौं ।’

उनले पार्टीको बैठकमा सभापतिलाई खुसी पार्न जे पनि भन्ने अभ्यास भएको आरोप लगाए । ‘सभापति खुसी बनाउन बोल्ने कुरा एउटा हो । तर, सभापतिलाई खुसी पारेर पार्टीको हित हुदैन । सभापति खुसी बनाउन गरिएको कुराले न सभापतिलाई फाइदा हुन्छ, न पार्टीलाई,’ उनले भनेका थिए, ‘यहाँ त्यस्तै धेरै कुरा भए । तपाईँहरू हेर्नुहोस्, अहिलेको सरकारले गरेको कुन चाहिँ कामले हामी आगामी निर्वाचन मत पाउँछौँ ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077