Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नारायणकाजीलाई लक्षित गर्दै ओलीको प्रश्न - कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता वा तालमेल चाहेको भए गठबन्धन छाडेर आउन नेकपा (माओवादी केन्द्र) लाई चुनौती दिएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्रबीच सम्भव एकता, नभए कमसेकम चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले पहिले कांग्रेसको पुच्छर नसमात्न चुनौती दिएका हुन् ।

शनिवार नेपाल चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले एकताको प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले माओवादी केन्द्र वामपन्थी पार्टी नभएको जवाफ फर्काएका छन् ।

‘यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु,’ उनले भने, ‘चौंरीको पुच्छरजस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ?’

यसअघि ओली बोल्नुभन्दा अघि श्रेष्ठले पनि वाम एकता गर्नुपर्ने प्रस्ताव गरेका थिए। एकता सम्भव नभए पनि चुनावमा तालमेल गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077