Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साथीको घरमा बेहोस भेटिएका प्रहरी जवानको मृत्यु

विराटनगर । विराटनगरस्थित साथीको घरमा बेहोस अवस्थामा भेटिएका एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

शनिबार बिहान पाँचथर घर भएका प्रहरी जवान २८ वर्षीय उत्तम लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका १६ स्थित रामबहादुर कटुवालको घरमा बेहोस उनी अवस्थामा भेटिएका थिए ।

सुतिरहेको ओछ्यानमा मुखबाट फिँज निस्किरहेको र अचेत अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो । चिकित्सकले बिहान ७ः३० बजेतिर मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार लावतीको मृत्युको कारण खुलिसकेको छैन । शव कोसी अस्पतालमै राखिएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077