Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराईको प्रचण्डलाई प्रश्नः भोट नहाली दिल्ली जान के परेछ ?

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नै गठबन्धनका उपसभामुख उम्मेदवारलाई भोट नहाली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड किन दिल्ली गएको भनेर प्रश्न गरेका छन् ।

‘आफ्नै गठबन्धनका उपसभामुखलाई भोट नहाली विदेश भ्रमणमा निस्कनु पर्ने हतारो के परेछ ?’, भट्टराईले प्रचण्डमाथि ट्वीटरमा प्रश्न गरेका छन् ।

‘हिजो गए हतार हुने, भोलि गए ढिलो हुने आजै जानु पर्ने ?’,उनको कटाक्ष छ, ‘नेपालको राजनीतिमा एउटा कहावात छ दिल्ली दुर नही हे ! होकी क्या हो ?’

प्रचण्ड तीन दिने भ्रमणका सिलसिलामा शुक्रबार दिल्ली गएका थिए । उनी गठबन्धनबाट सभामुखको उम्मेदवार बनेकी पुष्पा भुसाललाई मत हाल्न अनुपस्थित थिए । शुक्रबार भएको उपसभामुखको चुनावमा भुसाल एमालेकी विद्या भट्टराईलाई हराउँदै विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077